२७ जनाको मृत्यु, ३ हजार २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६ हजार १२४ एन्टिजेन परीक्षण गर्दा ८ सय १८ गरी ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ७ लाख ३७ हजार २९४ जना पुगेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३५४ जना पुगेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ९२९ जना निको भएका छन् । योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८७ हजार ६९ जना पुगेका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ जना रहेका छन् । जसमध्ये ३६ हजार ५७५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।












