२४ भदौ २०८३, बुधबार

थप १ हजार ६६४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ११७ पीसीआर परीक्षणमा १ हजार ५२३ र ३ हजार १०५ एन्टीजेन परीक्षणमा १४१ जना गरी कुल १ हजार ६६४ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ६४७ पुगेको छ ।

पछिल्लो २४ घणमा १ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेो संख्या ७ लाख १६ हजार ३०६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ७५० पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ जना रहेका छन् । जसमध्ये ३३ हजार २१४ जना होम आइसोलेसनमा रहेका छन् । २ हजार ३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।