चर्चित मोडल तथा कलाकार निशा घिमिरेको मुत्यु - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

चर्चित मोडल तथा कलाकार निशा घिमिरेको मुत्यु



काठमाडौं । चर्चित मोडल तथा कलाकार निशा घिमिरेको मुत्यु भएको छ । उपचारका क्रममा आज साँझ ६ः५१ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ ।

लगातारको उपचारपछि पनि उहाँको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उहाँलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उहाँका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् । गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो ।

नर्भिक अस्पतालले जिउँदो लाशजस्तो भएर घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो । सो क्रममा उहाँको सबैखालका विकल्प तथा विधिबाट उपचार गरिएको थियो । लामो समयसम्मको उपचारपछि पनि उहाँको अवस्था स्थिर नै रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्