१ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६७ हजार २७१ जना पुगेका छन् ।
पछिललो २४ घण्टामा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसहित नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८०९ जना पुगेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २७४ जना निको भएका छन् । योसहित नेपालमा कोरोना स.क्रमणमुक्त हुनेको संख्या ७ लाख २३ हजार ४५६ पुगेका छन् ।
हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ३० हजार ६६२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा २ हजार ३४४ जनामध्ये ५४० जनाको आईसीयू र १५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।












