साइन रेसुङ्गा डेभलपमेन्ट बैंकबाट दुई डेपुटी सीईओसहित डिजीएमको अवकाश
काठमाडौँ । बुटवलमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको साइन रेसुङ्गा विकास बैङ्कबाट दुई डेपुटी सीईओ र एक डिजिएमले स्वेच्छीक अवकाश लिएका छन् ।
३ ओटा विकास बैङ्क मर्जर भएर बनेको साइन रेसुङ्गा विकास बैङ्कमा डेपुटी सीईओद्वय रहेका प्रकाश गुरुङ, पुष्करराज जोशी तथा डिजीएम सार्जन भट्टराईले अवकाश लिएका छन् ।
बैंककमा सिनियर कर्मचारी धेरै भएकोले बैङ्क सञ्चालक समितिले भिआरएस निकालेको थियो । बैङ्कले अवकाश लिने तिनै जना कर्मचारीलाई १८ महिनाको तलब भत्ता सुविधा तथा गाडी सुविधासमेत प्रदान गरेको छ । २ वर्षअघि मर्ज भएर साइन रेसुङ्गा विकास बैङ्क बनेको सो बैङ्कमा प्रकाश गुरुङ पूर्णिमा विकास बैङ्कबाट र पुष्करराज जोशी भार्गव विकास बैङ्कको सीईओ रहेका थिए ।
त्यसैगरी सार्जन भट्टराई साइनको जिएम रहेका थिए । तिनै जनाले अवकाश लिएपछि बैङ्कको डेपुटी सीईओमा लोकराज पनेरु मात्र रहेका छन् भने सीईओ प्रकाश पौडेलले निरन्तरता पाएका छन् ।
पौडेलको कार्यकाल १६ महिना मात्र बाँकी हुँदा सिनियर कर्मचारीले अवकाश लिएका हुन् । उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेको साइन रेसुङ्गा विकास बैङ्कले काठमाडौंमासमेत ५ ओटा शाखा खोलेर कारोबार बढाइरहेको छ ।
















