१ कार्तिक २०८३, आइतबार

द्विराज शर्माको संयोजकत्वमा परिसंघमा शिक्षा परिषद् गठन



काठमाडौं । नेपाल उद्योपरिसंघले ‘परिसंघ शिक्षा परिषद’ गठन गरेको छ । परिसंघका राष्ट्रिय परिषद सदस्य द्विराज शर्माको संयोजकत्वमा परिषद गठन भएको हो ।

परिषद्ले विद्यार्थीमैत्री शिक्षा नीति बनाउने र विद्यमान शिक्षा नीतिमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्य लिएको छ ।

परिषद गठन कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले नेपालको शिक्षा क्षेत्रलाई थप व्यवस्थित गर्दै शिक्षा र उद्योगबीचको अन्तरलाई कम गर्ने उद्देश्यले नेपाल उद्योपरिसंघले शिक्षा परिषद् गठन गरेको बताउनुभयो ।

यसैगरी परिषदका संयोजक शर्माले समग्र शिक्षा प्रणालीको विकासका लागि योगदान गर्न परिषद सक्षम रहेको उल्लेख गर्नुभयो । शर्माले देशमा परम्परागत शिक्षा प्रणालीलाई परिवर्तन गरी विद्यार्थीमा सीपको विकास गर्ने प्रणालीको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

शिक्षा परिषद् सदस्यहरुमा डा. सतिश शर्मा, दिपककुमार खड्का, डा. हरिशंकर श्याम, रिटल राणा, मिथिलेश कुमार झा, साइमोन दाहाल, अनघा निल्कंतन, खेम लकाइ, सन्तोष प्याकुरेल, सूर्य कार्की तथा सुजेन देबोर्हा बुल रहनुभएको छ ।