सोमबार थप १८९७ जनामा कोरोना संक्रमण, २० जनाको मुत्यु
काठमाडौं । आज सोमबार १ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमण हुनेको संख्या ७ लाख ७० हजार ७ सय ५९ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ हजार ९ सय ७९ जनामा गरिएको परीक्षणमा एन्टीजेनविधिबाट ४ सय ९ र सिपिआर विधिबाट १४ सय ८८ जनामा गरी थप १ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ८ सय ५८ पुगेको छ ।
त्यसैगरी बितेको २४ घण्टामा १ हजार ७ सय ४३ जना कोरोना संक्रमणमुक्त् भएका छन । यो सँगै कोरोना निको हुनेको संख्या ७ लाख २८ हजार ९ सय २८ पुगेको छ । हाल देशभर ३० हजार ९ सय ७३ जना सक्रिय संक्रमित रहेका छन ।














