आमा बनिन् अभिनेत्री ऋचा शर्मा
काठमाडौँ । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । उनलाई पुत्र लाभ भएको हो । शर्माले बुधवार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा स्वस्थ शिशुलाई जन्म दिएकी हुन् । बिहान ७ः५२ बजे अभिनेत्री शर्माले छोरालाई जन्म दिएकी हुन् ।
शल्यक्रियाबाट जन्मिएको नवजात शिशुको तौल ३.१४ किलोग्राम रहेको छ । आमा(शर्मा) र नवजात शिशुको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ ।














