कर विवरण बुझाउने समय ३१ गतेसम्म थपियो
काठमाडौं । कर विवरण बुझाउने समय १ साता थप भएको छ । आन्तरिक राजश्व विभागले कर विवरण बुझाउने समय १ साता थप गरेको हो । आन्तरिक राजश्व विभागले १ सूचना जारी गदै २५ गतेभित्र बुझाउनु पर्ने भए पनि कर बुझाउने समय १ साता थप गरेर ३१ गतेसम्म कायम भएको जानकारी दिएको छ ।
उक्त सूचनामा विद्युतीय माध्यमबाट बिजक जारी गर्न अनुमति लिएका करदाताले प्राविधिक कठिनाइको कारणले साउन महिनाको बिक्री खाता र खरिद खाता अपलोड गर्न सकेका नसकेको र मूल्य अभिवुद्रि कर विवरण समेत पेश गर्न नसकेको गुनासो आएकाले १ साता थप गरेको उल्लेख गरिएको छ ।
त्यसैगरी भदौ ३१ गते भित्र पनि विवरण बुझाउन नसक्ने करदाताले साउन महिनाको बिक्री तथा खरिद कारोबारको विवरण भदौ ३१ गतेभित्र अनिवार्य रुपमा अपलोड गर्नसक्ने व्यवस्था गरेकोले सबै करदातालाई समयमै कर विवरण पेश गर्न अनुरोध गरेको छ ।
भदौ ३१ गतेसम्म कर नबुझाएमा जरिवाना लाग्ने राजश्व विभागले जनाएको छ । इन्टरनेट ब्यान्डविथ कम भएका करदातालाई बिक्री तथा खरिद खाता अपलोड गर्न समस्या भएमा खाताको नमुनाको नयाँ ढाँचा वेबसाइटमा राखेको पनि विभागले उक्त सूचनामा उल्लेख गरेको छ ।
यस्तो छ आन्तरिक राजश्व विभागले जारी गरेको सूचना :
















