१० श्रावण २०८३, आइतबार

स्थानीय तहको समन्वयमा असोज महिनाभित्र गरीब तथा विपन्न परिवारलाई १० हजार नगद अनुदान दिने सरकारको घोषणा

स्थानीय तहको समन्वयमा असोज महिनाभित्र गरीब तथा विपन्न परिवारलाई १० हजार नगद अनुदान दिने सरकारको घोषणा



काठमाडौं । गरिब तथा विपन्न ५ लाख परिवारलाई सरकारले १० हजार नगद अनुदान दिने घोषणा गरेको छ । कोरोना भाइरस संक्रमणका कारण रोजगारी गुमाएका तथा आयआर्जन नहुने अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रति परिवार १० हजार नगद अनुदान दिने निर्णय सरकारले गरेको हो ।

आज अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै ‘कोभिड–१९ का कारण रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिव तथा विपन्न करीब ५ लाख परिवारलाई एक पटकका लागि प्रति परिवार रु १० हजार निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रबन्ध गरेको छु ।’ उनले भने ।

यस्तो अनुदान रकम स्थानीय तहको समन्वयमा २०७८ असोज महिना भित्र हस्तान्तरण गर्ने तयारी गरेको शर्माले बताएका छन ।