२१ कार्तिक २०८३, शनिबार

अपि पावरको ११ प्रतिशत बोनस र ३९ प्रतिशत हकप्रद शेयर वितरण गर्ने प्रस्ताव पारित



काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको बोनस शेयर र हकप्रद शेयर वितरण गर्ने प्रस्ताव पारीत भएको छ । शुक्रबार सम्पन्न भएको १८ औं साधारण सभाले साढे १० प्रतिशत बोनस शेयर र बोनसपछि कायम चुक्ता पुँजीको ३९ प्रतिशत हकप्रद शेयर जारि गर्ने प्रस्ताव पारीत गरेको छ ।

गत शुक्रबार कम्पनीको प्रधान कार्यालय, ट्रेडटावर काठमाडौँमा भर्चुअल माध्यमबाट सम्पन्न भएको साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि कर प्रयोजनार्थ ०.५५ प्रतिशत नगद लाभांश गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको हो ।

साधारण सभाले बोनस शेयर वितरण गरेपछि कायम हुने चुक्ता पूँजीको १ बराबर ०.३९३६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्तावलाई समेत पारीत गरेको छ ।