बुद्धभुमि हाईड्रोपावरको आईपीओ यसरी हेर्न सकिन्छ
काठमाडौ । बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भईसकेको छ । कम्पनिको आईपीओ आज बेलुका ५ बजेपछि मात्रै हेर्न सकिने बिक्री प्रबन्धक सिभिल क्यापीटले जनाएको छ । कम्पनीको रिजल्ट आज ५ बजेपछि बिक्री प्रबन्धक सिभिल क्यापीटको वेबसाईट https://www.civilcapitalmarket.com/ipo मा गएर हेर्न सकिन्छ ।
कम्पनीको आईपीओमा ६० हजार जनाले आवेदन दिएका थिए । जसमा ४९ हजार ४८५ आवेदकको मात्रै सदर भएको थियो । गोलाप्रथा बिधिबाट बाँडफाँड गर्दा ४० हजार आवेदकले १० कित्ताका दरले पाएका छन् भने ९ हजार ४८५ जनाको हात रितो भएको छ ।
कम्पनीले श्रावण ३२ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि शेयर बिक्री खुल्ला गरेको थियो । कम्पनीले नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।













