शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पुरस्कार घोषणा
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुरस्कार घोषणा गरेको छ । प्रविधि विकास विस्तार र उन्नयनमा विशेष योगदान पु¥याएका व्यक्ति तथा विभिन्न संस्थालाई मन्त्रालयले पुरस्कृत गर्न लागेको हो ।
मन्त्रालयले एक सुचना जारी गदै विज्ञान पत्रकारितातर्फ कान्तिपुर दैनिकका मणि दाहाल, एरोनोटिकल प्रविधितर्फ डिपार्टमेन्ट अफ मेकानिकल एन्ड एरोस्पेस इन्जिनियरिङ पुलचोकका डा.दिपक प्रसाद शर्मा, अन्तरिक्ष प्रविधि तर्फ प्रा.डा.उदयराज खनाल, जैविक प्रविधि तर्फ प्रा.डा.प्रकार घिमिरे माईक्रोबायोलोजी केन्द्रीय विभाग त्रिवि, विपद न्यूनीकरण सम्बन्धी प्रविधि तर्फ डा.प्रदिप ज्ञवाली, नेपाल स्वास्थ्य अनुसन्धान परिषद, उदयीमान प्रविधिमा डा.आभाष मास्के, नास्ट लाई जनही २५ नगद राशि र कदर पत्र प्रदान गर्ने उल्लेख गरिएको छ ।
साथै विभिन्न ७ संस्थालाई विशेष कदरपत्र प्रदान गर्ने उल्लेख गरिएको छ ।
यस्तो छ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सुचना :














