थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १३५१ जना सक्रमणमुक्त भए
काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ६ सय ६छ जनाको पिसिआर परीक्षणमा १ हजार ८६ जना र ३ हजार ७ सय २० जनाको एन्टीजेन परीक्षणमा ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१३५१ जना संक्रमणमुक्त भएका छन् । भने कोरोना संक्रमणका कारण १० जनाले ज्यान गुमाएका छन । आज थपिएका संगै कोरोना संक्रमित हुनेको संख्या ७ लाख ८३ हजार ७५ पुगेको छ भने कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ४६ हजार ५ सय ६६ पुगेको छ ।
हाल देशभरमा २५ हजार ४९७ सक्रिय संक्रमित छन् ।
उनीहरुमध्ये ११७ जनाको भेन्छिलेटरमा, ३८६ जनाको आईसीयूमा उपचार भइरहेको छ । १५४७ जना संस्थागत आइसोलेनमा र २३ हजार ९५० जना होम आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।
















