२१ कार्तिक २०८३, शनिबार

७३४ जनामा कोरोना संक्रमण, १२ जनाको मुत्यु



काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा थप ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर परिक्षण विधिबाटद ७ हजार ३ सय ४ जनामा परिक्षण गर्दा ६ सय ५६ र एन्टप्जेन विधिबाट २ हजार ७ सय ९ जनामा गरिएको परिक्षणमा ७८ जना गरि ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोारेना संक्तमित हुनेको संख्या ७ लाख ८४ हजार ५ सय ६६ पुगेको छ ।

गत २४ घण्टामा थप १२ जनाको कोरोनाका कारण ज्यान गएको छ भने १ हजार ४ सय १३ जना निको भएका छन ।

हालसम्म कोारेना संक्तमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ४० पुगेको छ भने ७ लाख ४९ हजार २ सय १३ पुगेको छ । हाल देशभर २४ हजार घ सय १३ जना संक्रिय संक्रमित रहेका छन ।