आगलागीबाट तङग्रिदै नेविको बिस्कुट, ४४ दिनपछि आजदेखी उत्पादन पुनः सुरु - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

आगलागीबाट तङग्रिदै नेविको बिस्कुट, ४४ दिनपछि आजदेखी उत्पादन पुनः सुरु



काठमाडौँ । आगलागीबाट करिब २० करोड क्षति व्यहोरेको नेबिकाे बिस्कुटले पुनः ४४ दिनपछि उत्पादन सुरु गरेको छ । कम्पनीले बुधवार पत्रकार सम्मेलन गरी आफ्नो कम्पनी तङ्ग्रँदै आएको र ४४ दिन पछि आजदेखि उत्पादन सुरु गर्न लागेको बताएको छ ।

७४ वर्ष पहिले पहिलो नेपाली बिस्कुटको रूपमा उदाएको नेविकोले आगलागीबाट बेहोरेको क्षति पछि फेरी बजारमा उत्पादन सुरु गरेको जनाएको छ । कम्पनीले कठिन अवस्थामा पनि आफ्नो उत्पादनलाई निरन्तरता दिएको जनाएको छ । नेपालको सबैभन्दा पुरानो बिस्कुट उत्पादन संस्था नेविकोले आजदेखि बाटै बजारमा आफ्नो उत्पादनहरू ल्याउन लागेको हो ।

गत साउन २३ गते राती २ बजेबाट बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको थियो । आगलागी भएर करिब २० करोड बराबरको प्रत्यक्ष घाटा बेहोरेको नेविकोले २ महिनापछि पुनः आफ्नो उत्पादन बजारमा ल्याउन लागेको आज पत्रकार सम्मेलनमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव भट्टराईले जानकारी दिए ।

पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै नेविका प्रमुख कार्यकारी अधिकृत सिईओ केशव भट्टराईले साउन २३ गते शनिवार भएको आगलागीबाट प्रत्यक्ष रूपमा २० करोड भन्दा बढी क्षति परेको भए पनि अझै क्षतिको यकिन विवरण आउन बाँकी रहेको बताए ।

उनले ठुलो क्षति भए पनि आफ्नो स्वदेशी उत्पादनलाई निरन्तरता दिन र राष्ट्रिय उत्पादनमा टेवा पुराउनको लागि ४ वटा समूह बनाएर आगलागी भएको छोटो समयमै बजारमा पुनः आफ्नो उत्पादन ल्याउन सम्भव भएको बताएका छन् । ‘आजैबाट सबै जना कर्मचारीलाई काममा बोलाउन पाउँदा खुसी लागेको छ, सीइओ भट्टराईले भने ।’ नेविकोले बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौडाबाट माघ १ गतेबाट उत्पादन सुरु गर्ने टार्गेट रहेको भट्टराइले जानकारी दिएका छन् ।

कार्यक्रममा बोल्दै कम्पनीको प्रबन्ध सञ्चालक राजेश रौनियारले आगलागी भइसकेपछि अब फेरी आफ्नो उत्पादनलाई निरन्तरता दिनपर्छ भनेर राम्रो टिम अगाडी बढेको बताए । असल कर्मचारी र सबैको मायाको कारण यो अवस्थामा छिटै आउन सम्भव भएको रौनियारले बताए । उनले भने ‘संस्था बुझेकाहरूले पनि करिब ४ वर्ष लाग्ने अनुमान गरिरहेको बेला आफूहरूले ४४ दिनमै फेरी बजारमा आफ्नो उत्पादन ल्याउन सम्भव भयो ।’

सन १९६४ सालमा स्थापना भएको नेपालको सबैभन्दा पुरानो बिस्कुट उत्पादक संस्था नेविकोले बजारमा बिस्कुट, लाली पप, कुकिज बिस्कुट, कर्नफ्लेक्स, चोकोज, जस्ता नेपाली खाजाको स्वादहरू बजारमा ल्याएको छ । त्यसै गरी १ महिनाभित्रै दाङबाट पानीको उत्पादन पनि बजारमा ल्याउन लागेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्