१० श्रावण २०८३, आइतबार

नाडाको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन मसिंरमा

नाडाको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन मसिंरमा



काठमाडौं। नाडाको ४५ ओं वार्षिक साधारण सभा तथा निर्वाचन २०७८ साल मसिंर २२ र २३ गते होटेल सोल्टीमा हुने छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा हिजो होटेल सोल्टीमा बसेको केन्द्रीय कार्य समितिको बैठकले सो निर्णय गरेको हो ।

नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई बर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरिय एशोसिएशन समेत गठन गरिसकेको जनाएको छ ।

बैठकमा अध्यक्ष दुलालले नाडाको ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन नाडाका ७ वटा प्रदेशस्तरिय एशोसिएशनका अध्यक्षहरुलाई ट्राफिक ज्याकेट लगायत, जनचेतनामूलक स्टिकर, र कोभिड विरुद्धको मास्क समेत हस्तान्तरण गरेका छन ।उक्त सामानहरु नाडाका प्रदेश एशोसिएशनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरु मार्फत वितरण गर्ने छन् ।

नाडाले गत भाद्र २५ गते त्रिपुरेश्वर चोकमा महानगरिय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा सामानहरु वितरण गरेको थियो ।