अरुण भ्याली हाइड्रोपावरको मूल्य समायोजन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अरुण भ्याली हाइड्रोपावरको मूल्य समायोजन



काठमाडौँ । अरुण भ्याली हाइड्रोपावरको मूल्य समायोजन भएको छ । आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अरुण भ्याली हाइड्रोपावर कम्पनी  लिमिटेडको शेयर मूल्य समायोजन भएको हो ।

कम्पनिको १० प्रतिशत बोनस शेयर मूल्य समायोजन भएको छ । समायोजनसङै कम्पनिको सेयर मूल्य ५ सय २३ रुपैयाँ निर्धारण भएको छ । अघिल्लो कारोबारको अन्तिम मुल्यको आधारमा शेयर मूल्य समायोजन भएको हो । हिजो कम्पनिको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५ सय ७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । लाभांश वितरण तथा साधारण सभा प्रयोजको लागि कम्पनिले बुकक्लोज गरेसंगै नेप्सेले सेयर मूल्य समायोजन गरि नयाँ शेयर मूल्य निर्धारण गरेको हो ।

अरुण भ्याली हाइड्रोपावर कम्पनिको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज २४ भर्चुअलमाध्यमबाट साधारण सभा हुने छ ।


प्रतिक्रिया दिनुहोस्