२१ कार्तिक २०८३, शनिबार

२५ प्रतिशत नगद लाभांश पारित गर्न सीबीआईएल क्यापिटलले डाक्यो साधारण सभा



काठमाडौं । सीबीआईएल क्यापिटलले साधारण सभा बोलाएको छ । क्यापिटलले कार्तिक ५ गते साधारण सभा डाकेको हो ।संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २५ प्रतिशत (करसहित) का दरले ५ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कार्तिक ५ गते हुने साधारण सभाले सेयर धनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने छ । साथै, सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सामान्य प्रस्तावलाई पारित गर्ने छ ।

असोज २० गते एक दिन बुक क्लोम गर्ने भएकोले असोज १९ गतेसम्म कायम शेयरधनीह्रुले प्रस्तावित २५ प्रतिशत लाभांश पाउने छन् ।क्यापिटलले साधारण सभा आगामी कार्तिक ५ गते डिल्लीबजारस्थित रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट गर्ने छ ।