बुधवार थप १,१५७ जनामा कोरोना सङ्क्रमण, ८ जनाको मृत्यु
काठमाडौँ । बुधवार पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६ सय ५२ पीसीआर परीक्षणमा ८ सय ९२ जना र ३ हजार ८ सय ८९ एन्टिजेन परीक्षणमा २ सय ६५ जना गरी १ हजार १ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
१ हजार १ सय १३ जना निको भएका छन । हाल देशभर १८ हजार १ सय ९६ जना सक्रिय सङ्क्रमित रहेका छन । यो सँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ६४ हजार ८ सय ४७ रहेको छ । पछिल्लो २४ घण्टामा थपिएका मध्ये काठमाडौँ उपत्यकामा ३३५ जना सङ्क्रमित भेटिएका छन् । जसमध्ये भक्तपुरमा २८, ललितपुरमा ४२ र काठमाडौँ जिल्लामा २६५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ८ जनाको ज्यान गएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार १ सय २३ पुगेको छ ।















