१०६६ जनामा कोरोना सक्रमण, १३ जनाको मुत्यु
काठमाडौँ । शुक्रवार थप १ हजार ६६ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ३ सय ६८ जनामा गरिएको परीक्षणमा १ हजार ६६ जनामा कोरोना संक्तमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्तमण हुनेको सङ्ख्या ७ लाख ९५ हजार ९ सय ५९ पुगेको छ ।
बितेको २४ घण्टामा थप ९ सय ३८ जना कोरोना संक्तमणमुक्त भएका छन् । आज निको हुनेको सँगै कोरोना संक्तमणमुक्त हुनेको सङ्ख्या ७ लाख ६६ हजार ६ सय ९६ पुगेको छ । हाल देशभर १८ हजार १ सय १५ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये काठमाडौँमा २ हजार ५ सय ७८, भक्तपुरमा ८ सय १९ र ललितपुरमा १ हजार ११ जना रहेका छन् ।
गत २४ घण्टामा थप १३ जनाको कोरोना संक्तमणबाट ज्यान गएको छ । यो सँगै कोरोना संक्तमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार १ सय ४८ पुगेको छ ।















