कथालय इन्कद्धारा “बाघ बन्न चाहने बिरालो” प्रकाशित
काठमाडौं । जेन लिरोई र विरेन्गेरी देलापोर्टको बाल पुस्तक “बाघ बन्न चाहने बिरालो” नेपालीमा प्रकाशित भएको छ । कथालय इन्कद्धारा प्रकाशित यो पुस्तकको नेपाली अनुवाद बिनोद भण्डारीले गरेको छ । पुस्तक पाटे नामक बिरालोमा आधारीत छ, जो बाघ बन्ने सपना देखिरहेको हुन्छ ।
वास्तवमा पाटे बाघ जस्तो हुन चाहन्छ । तर उसको त्यो सानो बिरालो अनुहारले उसलाई झस्काउँछ । कहिलेकाहीँ पाटेलाई आफ्नो छायाँले मात्र आफु बाघजस्तो छु भन्ने भान गराउँछ।
एक दिन पाटेको मालिकलाई पाटेको व्यवहार अनौठो लाग्छ र मालिक उसलाई चिडियाखाना लैजाने निर्णय गर्छ । त्यहाँ पाटेले बाघ देख्छ । “ओहो १ बाघ हुनु भनेको त गर्जेर चिडियाखाना आउने मानिसलाई तर्साउनु, डराउँदै हेर्ने मान्छेहरुको अगाडि काँचो मासु खानु, यो त मेरो जीवनकै सपना हो।” भनेर सोच्छ ।
बालबालिकामा पुस्तक पढेपछि आफुले सोचेको र चाहेको काम मिहिनेतसाथ गर्यो भने पक्कैपूरा हुनसक्छ भन्ने हौसला दिन्छ । कथालय इन्क द्धारा प्रकाशित यो चित्रकथा ३२ पृष्ठको छ । यस पुस्तकको मुल्य २२५ रुपैँया तोकिएको छ ।












