बिना लाभांश ओरियण्टल होटलको साधारणसभा आज हुँदै, ७ सञ्चालकको निर्वाचन हुने
काठमाडौं । अओरियण्टल होटलले साधारणसभा आज हुँदै छ । ओरियण्टल होटलले २४ औँ वार्षिक साधारणसभा आज (असोज १९ गते, मंगलबार) हुँदै छ । होटलको साधारण सभा भर्चुअल माध्यमबाट हुने भएको छ । कोरोना भाइरसका कारण यस वर्ष लाभांसको प्रस्ताव गर्न नसकेको होटलले बताएको छ ।
होटलको सभाले आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको २४ औँ वार्षिक प्रतिवेदन उपर छलफल गरी पारिने गर्नेछ । त्यस्तै लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै आर्थिक वर्ष २०७८–७९ को लागि हालकै लेखापरिक्षकलाई पुनः नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
यस पटक संस्थापक शेयरधनीहरु समुह ‘क’ बाट ४ जना, साधारण शेयरधनीहरु समुह ‘ख’ बाट दुई जना सञ्चालक निर्वाचन गर्ने र एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने कार्ययोजना रहेको छ ।















