नेपाल प्रहरीमा ६ सयको संख्यामा जागिर खुल्यो, कहिलेसम्म आवदेन दिन पाईन्छ ?
काठमाडौं । नेपाल प्रहरीमा झण्डै ६ सयको संख्यामा जागिर खुलाएको छ । प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक (प्रसनि) र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा दरखास्त आह्वान गरिएको हो ।
प्रहरी सहायक निरीक्षकमा ३६७ जना र प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको मागेको हो । यता प्रसनिका लागि ३०० र प्रहरी जवानलाई १५० रूपैयाँ दस्तुर लाग्ने भएको छ । दखास्त आह्वान कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिन सकिने छ ।
















