१० श्रावण २०८३, आइतबार

वृहत ग्रूपले ‘मिलानो’ का सामान नेपाल बजारमा ल्याउँदै

वृहत ग्रूपले ‘मिलानो’ का सामान नेपाल बजारमा ल्याउँदै



काठमाडौं । घरजग्गाको कारोबार गर्दै आएको कम्पनी वृहत ग्रूपले स्यानिटरी तथा बाथ फिटिङ्स ब्राण्ड ‘मिलानो’लाई नेपाल भित्र्याउने भएको छ । इटालियन ब्राण्ड मिलानो बाथरुम सम्बन्धी प्रिमियम रेन्जका प्रडक्टहरुका लागि परिचित छ ।

बृहतले काठमाडौंको कलंकीमा मिलानोको ‘एक्सक्लुसिभ शोरुम’ आउँदो फागुनसम्म सञ्चालनमा ल्याउनेछ । कम्पनीले यसअघि दुबईको बहुराष्ट्रिय होम इम्प्रुभमेन्ट रिटेल ब्रान्ड ‘डेन्युब होम’ नेपाल भित्र्याएको थियो । गत अगष्ट अन्तिम साताबाट बृहतले काठमाडौं सुन्धाराको ताहगल्लीमा डेन्युब होम नेपालको एक्सक्लुसिभ शोरुम संचालनमा ल्याएको छ ।

बृहत ग्रूपका कार्यकारी अध्यक्ष घरगजग्गा व्यवसायि ओम राजभण्डी हुन् । कम्पनीको १४औं वार्षिकोत्सवमा इटलियन ब्राण्डका सामान ल्याउन लागिएको हो । यो कम्पनीले ‘डेन्युब’लाई नेपालमा सहकार्यका लागि आठ महिनाअघि प्रस्ताव पठाएको थियो । ‘अब मिलानोलाई पनि नेपाल भित्र्याउँदै छौं’, अध्यक्ष राजभण्डारीले भन, ‘डेन्युब होम र मिलानो दुवैका आउटलेटहरु राजधानी बाहिर नेपालका सबै प्रमुख शहरहरुमा पनि विस्तार गर्छौं ।’