मुक्तिनाथ विकास बैङ्कले नेपाल प्रहरीलाई विभिन्न सामाग्री हस्तान्तरण गर्यो
काठमाडौँ । मुक्तिनाथ विकास बैङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत दुई छुट्टा छुट्टै कार्यक्रममा महानगरीय पहरी वृत्त दरबारमार्ग र महानगरीय पहरी वृत्त मालीगाँउ सँग साझेदारीमा जनचेतना मूलक पर्चा, प्रहरी चेकिङका लागि बोर्ड, महत्त्वपूर्ण सम्पर्क नम्बर समेटिएका स्टिकर, मास्क लगाउन आग्रहमा लागि स्ट्यिाण्डी आदि जस्ता सामाग्रीहरू हस्तान्तरण गरेको छ ।
यस सहयोगहरूबाट मुक्तिनाथ विकास बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने र चाडपर्वको बेला अपराध नियन्त्रण तथा रोकथाममा केही सहयोग पुग्ने बैङ्कले जानकारी दिएको छ ।
साथै, बैङ्कले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैङ्कको ATM Card प्रयोग गरी नेपाल भरी रहेको VISA Network मा आबद्ध अन्य जुन सुकै बैङ्कको ATM Machine बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिटेन्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि: ९८०१११००२२, कर्जा सेवाको लागि: ९८०१११००२३) आदि जस्ता सेवाहरू बैङ्कको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।












