१० श्रावण २०८३, आइतबार

सिटिजन्स बैंक र लस्कर फूड्स एण्ड डेलिभरि सर्बिसेस बीच छुट सम्झौता

सिटिजन्स बैंक र लस्कर फूड्स एण्ड डेलिभरि सर्बिसेस बीच छुट सम्झौता



काठमाडौं । सिटिजन्स बैंक र पक्नाजोल, काठमाण्डौं स्थित लस्कर फूड्स एण्ड डेलिभरि सर्बिसेस बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक एबं कर्मचारीहरुले लस्कर फूड्स एण्ड डेलिभरि सर्बिसेसको विभिन्न सेवाहरुमा विषेश छुट पाउँनेछन् ।

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्ग मार्फत डेबिट कार्ड को लागी आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा एटिएम र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।