१९ भदौ २०८३, शुक्रबार

एनआईसी एशिया बैंकको डिजिटल दशैं योजनाः सबैभन्दा धेरै डिजिटल कारोबार गर्नेलाई आकर्षक उपहारदेखि अधिकतम २५ प्रतिशत सम्म क्यासब्याक



काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनका निमित्त चाडपर्वका अवसरमा ‘डिजिटल दशैं’ योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहकहरूलाई आकर्षक उपहार देखि अधिकतम २५ प्रतिशतसम्म क्यासब्याक तथा छुट पाउने छन ।

ग्राहकहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई–कमर्श तथा POS भुक्तानी एवं मोबाइल बैंकिङ्ग-NIC ASIA MoBank_ प्रयोगकर्ताहरूले QR भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको हो ।

बैंकले २०७८ आश्विन २१ देखि कात्र्तिक २१ सम्म यस बैंकको भिसा कार्डमार्फत एइक् कारोबार गर्ने ग्राहकहरूलाई अधिकतम २५ प्रतिशतसम्म क्यासब्याकको योजना ल्याएको छ । जसअनुसार पहिलोपटक POS कारोबार गर्दा १० प्रतिशत वा अधिकतम ५०, तेस्रोपटक कारोबार गर्दा १५ प्रतिशत वा अधिकतम १२५ र पाँचौंपटक कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम २५० सम्म क्यासब्याज अफर रहेको छ ।

त्यसैगरी बैंकले नगद कारोबारबाट ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्ने उद्देश्य लिई २०७८ आश्विन २१ देखि कात्र्तिक ३० सम्म सबैभन्दा धेरै कारोबार गर्ने भाग्यशाली ग्राहकहरूलाई Palsonic को तर्फबाट ३२ इन्च टिभी, ऋन् को तर्फबाट माइक्रोवेभ ओभन, Triveni Group को तर्फबाट यासुदा ओभन, Gaia Holiday Home Dhulikhel तर्फबाट एक जोडीलाई आकर्षक प्याकेज, Hongkook Sarang को तर्फबाट एक जोडीलाई डिनर प्याकेज, Saathimart को तर्फबाट १० जना भाग्यशाली विजेतालाई १,००० को शपिङ्ग भौचर, Orchid Group को तर्फबाट यस बैंकको कार्डहरू प्रयोग गरी ५,००० भन्दा बढिको खरिदमा ५०० बराबरको गिफ्ट भौचर र Awei को तर्फबाट एक जनालाई Earbud प्रदान गर्ने छ ।

चाडपर्वहरूलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न बैंकले विभिन्न उपहार योजना सञ्चालन गरिरहेको बेला निम्नलिखित मर्चेन्टहरूमा थप आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था समेत ल्याएको छ ।

बैंकले देशभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।