जन्ती बोकेको जिप दुर्घटना, चार जनाको ज्यान गयो
काठमाडौँ जन्ती बोकेको जिप दुर्घटना हर्दा ४ जनाको ज्यान गएको छ । हिजो राती अछाममा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको हो । दुर्घटनामा परि १४ जना घाइते भएका छन् ।
अछाम पञ्चदेवल विनायक नगरपालिका–१ मा हिजो राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको र १४ जना घाइते भएका हुन ।
ज्यान गुमाउनेमा पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपालीको मृत्यु रहेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । १८ वषीर्य जैसीको घटनास्थलमै मुत्यु भएको र अन्य तीन जनाको उपचारको क्रममा मुत्यु भएको हो ।
कच्ची सडक खण्डमा जिप ब्याक गर्ने क्रममा अनियन्त्रित भएर करिब दुई सय मिटर तल खसेको स्थानीयहरूले जनाएका छन् ।












