बागमतीको मुख्यमन्त्री शाक्यको पद धरापमा, काँग्रेस र एकीकृत समाजवादीले आधा–आधा कार्यकाल सरकार चलाउने
काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ । आज प्रदेश सभामा विश्वासको मत लिन राखेको प्रस्तावमाथि प्रक्रिया हुँदै छ ।
त्यसैगरी अब बागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबिच नयाँ बन्ने सरकारको नेतृत्व अधा आधा समय गर्ने सहमति भएको छ । स्रोतका अनुसार हिजो बेलुका काठमाडौँमा गठबन्धनका शीर्ष नेताबिच अब बन्ने नयाँ सरकारको नेतृत्व काँग्रेस र नेकपा एकीकृत समाजवादीले आधा आधा समय गर्ने भएको हो ।
गठबन्धनका शीर्ष नेताहरुको छलफलले पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र बाँकी आधा काँग्रेसको इन्द्र बानियाँले सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री हुनेछन् ।
बागमती प्रदेशमा मुख्यमन्त्री शाक्यले विश्वासको मत नपाउने निश्चित भइसकेको छ ।















