३ कार्तिक २०८३, मंगलबार

होण्डाको पहिलो विजेता घोषणा, बुटवलका नेपालले पाए साढे ३ लाख ‘क्यास ब्याक’



काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डाको फेस्टिभ बोनान्जा’ योजना अन्तर्गत पहिलो विजेता घोषणा गरेको छ । दशैं, तिहार र छठमा आफ्ना गाडी बढी मात्रामा बेच्नका लागि कम्पनीले यस्तो उपहार योजना ल्याएको हो ।

उपहारको लालच देखाएर कम्पनीहरुले ग्राहकलाई आफ्ना उत्पादन किन्न प्रेरित गर्ने गरेका छन् । होण्डाले चिठ्ठामार्फत् यस्ता विजेता छान्ने गरेको छ । यस योजनाको पहिलो विजेताले ३ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । ‘लक्की ड्र’ अर्थात् भाग्य चिठ्ठामार्फत विजेता छानिएको हो ।

बुटवलको ड्राइभ वे ह्विल्स प्रालिबाट डब्लूआरभी–एसभीएमटी खरीद गरेका सञ्जय नेपालले लक्की ड्र मार्फत साढे ३ लाख पैसा प्राप्त गरेका हुन् । १२०० सीसी इञ्जिन क्षमता भएको यो गाडीको मूल्य अहिले ४७ लाख ३० हजार पर्छ ।

यस योजना अन्तर्गत ग्राहकले २ लाखसम्मको नगद छुट, १ वर्षसम्मका लागि निःशुल्क बीमा, सडक दस्तुर लगायत सुविधा पाउँछन् । त्यस्तै, ३ वर्षसम्मका लागि निःशुल्क सर्भिसिङ, स्पेयर पाटर््समा ७ प्रतिशत छूटको सुविधा पनि रहेको छ । होण्डाले हरेक १५ दिनमा एक जना ग्राहकलाई साढे ३ लाखसम्म ‘क्यास ब्याक’ जित्न सक्ने योजना पनि ल्याएको छ ।