थप ४०८ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु
काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा थप ४ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७ सय ३१ जनामा गरिएको पीसीआर परीक्षणमा ३७६ जना र २ हजार १ सय ६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३२ जना गरी ४ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ८ जनाको ज्यान गएको छ भने ५१८ जना संक्रमणमुक्त भएका छन । यो संगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८ लाख १२ हजार ५ सय ७० निको हुनेको संख्या ७ लाख ९१ हजार ७ सय ८७ र मुत्यु हुनेको संख्या ११ हजार ४ सय ७ जना रहेका छन् ।
हाल देशभर ९ हजार ३ सय ७६ जना रहेका छन् ।
















