२४ श्रावण २०८३, आइतबार

आज लक्ष्मी पूजा, यस्तो छ लक्ष्मी पूजाको महत्व



काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो महान चार्ड तिहारको आज तेस्रो दिन देशभर दीपावलीका साथ धनकी देवी लक्ष्मीको पूजा गरेर मनाईँदै छ । नेपालीले दशैंपछि दोस्रो ठुलो चार्डका रुपमा तिहारलाई मनाउने गर्दछन् ।

लक्ष्मी पूजाको दिन गाउँघरको आँगन, पिँढी, दलान, चाेटाकोठा गाईको गोबरले लिप-पाेत गरेर सफा बनाइछ । शहरका घरमा पनि रङ्गराेगन गरेर सजाउने गरिन्छ । घरका झ्याल ढोका साथै, गाग्री लोटामा फूलका माला लगाएर सिँगार्ने गरिन्छ ।

आज साँझ घरको सरसफाई गरी मूलढोकादेखि पूजा कोठासम्म चामलको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गर्ने गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ ।

दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने जनविश्वास रहिआएको छ । लक्ष्मी पूजा सकेपछि घरघरमा हर्षोल्लास पूवर्क द्याैसि-भैलो खेल्ने परम्परा रहेको छ ।

घरमा लक्ष्मी माताको बास गराउन यसरी गरौ पूजा – BikashNews