२४ श्रावण २०८३, आइतबार

यम पञ्चकको चौँथो दिन : गाई, गोवर्ध्दन पर्वत र गोरुको पूजा गरी मनाइँदै



काठमाडौं । तिहारको चौँथो दिन आज गाई, गोवर्ध्दन पर्वत र गोरुको पूजा गरी मनाइँदैछ । गाईलाई आमा समान सम्मानित र पवित्र मानेर पूजाआजा गर्ने प्रचलन रहेको छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गर्ने मान्यता रहि आएको छ ।

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

यमपञ्चकको चौथो दिन गोरु र गोबर्धन पूजा गरिँदै – Sadarline

गोवर्ध्दन पूजा

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्ध्दन पर्वत मानी पूजा गर्ने गरिन्छ । स्वर्गका राजा इन्द्र रिसले चुर भएर मेघगर्जनसहित कयाैं दिनसम्म मुशलधारे पानी वर्षाइदिए पछि भगवान श्रीकृष्णले गोकुलका गाउँवासीमा जाेगाउन गाेवर्ध्दन पर्वत नै उठाएर छहारि दिएकाे कथा छ । गाउँलेलाइ महाविपत्तिबाट बचाउन आफ्नो कान्छि औंलाले पर्वत नै उठाएर त्यसमुनी गाेकुलबासीलाई ओत लागाएर बचाएको श्रीमद्भागवत पुराणमा उल्लेख छ ।

त्यही घटनाकाे सम्झनामा पनि गोवर्ध्दन पूजा गर्ने गरिएको हो । वर्षदिन भरी आफ्नो खेतबारी जोत्नको लागि प्रयोग हुने गोरुलाई पनि आज पूजा गरेर माला लगाई मिठो परिकार खुवाउने गरिन्छ । गाेरू किसानकाे सारथि हाे । यही कारण कृषि प्रधान हाम्राे समाजमा गाेरूकाे पूजा हुन्छ । साथै आजैका दिन साँझमा हर्षाेल्लासका साथ द्याैसि खेल्ने गरिन्छ ।