२२ कार्तिक २०८३, आइतबार

३९० जनामा कोरोना संक्रमण, ५ जनाको ज्यान गयो



काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथाजनसंख्या मन्त्तालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २६ जनामा गरिएको परिक्षणमा ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ८ लाख १४ हजार ९ सय २९ जना पुगेको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको ज्यान गएको छ । यो संगै कोरोना संक्तमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ५३ पुगेको छ ।

त्यसैगरी ४ सय २५ जना कोरोना संक्रमणमुक्त भएका छन । हाल देशभर ७ हजार ६ सय ५४ जना संक्रिय संक्रमित रहेका छन् । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९५ हजार ८ सय २२ जनमा पुगेको छ ।