शिवम् सिमेन्टका सिइओ देवेन्द्र सिन्हाले दिए राजीनामा
काठमाडौँ । शिवम् सिमेन्टका प्रमुख कार्यकारी अधिकृत (सिइओ)देवेन्द्र सिन्हाले राजीनामा दिएका छन् । उनले व्यक्तिगत तथा पारिवारिक कारण देखाई राजीनामा दिएको कम्पनिले एक सूचना जारी गदै जानकारी दिएको छ ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले सिन्हाको राजीनामा स्विकूत गर्ने निर्णय गरेको उक्त सूचनामा उल्लेख गरिएको छ ।














