बुधबार थप ४४० जनामा कोरोना संक्रमण, ६ जनाको ज्यान गयो
काठमाडौं । बुधबार थप ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ भने ४७४ जना निको भएका छन् । हाल देशभर ७ हजार ५ सय १९ जना संक्रिय संक्रमित रहेका छन् ।
गत २४ घण्टामा थप भएकासंगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ६० जना र संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९६ हजार ७ सय ८० जना पुगेको छ ।
















