सपोर्ट लघुवित्तद्वारा शाखा व्यवस्थापन तथा लघुवित्त व्यवस्थापन तालिम प्रदान - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सपोर्ट लघुवित्तद्वारा शाखा व्यवस्थापन तथा लघुवित्त व्यवस्थापन तालिम प्रदान



काठमाडौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले शाखा व्यवस्थापन तथा लघुवित्त व्यवस्थापन तालिम प्रदान गरेको छ । लघुवित्तले कर्मचारीहरुको पद अनुसार श्रेणिकरण गरी आवश्यक विषयबस्तुहरुमा तिन लट गरी संस्थाका सम्पूर्ण कर्मचारीहरुलाई शाखा व्यवस्थापन र लघुवित्त व्यवस्थापन तालिम दिएको हो ।

वित्तीय संस्थाले शाखा प्रमुखहरुको ३ दिने शाखा व्यवस्थापन तालिम तथा प्रथम चौमासिक समिक्षा गोष्ठी मिति २०७८ मंसिर २, ३ र ४ गते धनकुटा जिल्ला स्थित भेडेटार स्थित म्याजेस्टिक होटलमा सम्पन्न गरेको छ ।

कार्यक्रममा शाखाका शाखा प्रमुखहरुले शाखा कार्यालयहरुलाई दिइएको लक्ष्य अनुसार आ–आफ्नो शाखाको प्रगति विवरण पेश गर्नुका साथै आगामी दिनहरुको लागि रणनीतिक योजनाहरु प्रस्तुत् गरेका लघुवित्तले जानकारी दिएको छ । संस्थाको २४ वटा शाखा कार्यालयहरु मध्ये चौमासिक लक्ष्य प्रगतिका आधारमा उत्कृष्ठ शाखा कार्यालय गराँस, उदयपुर घोषित भई शाखा प्रमुखलाई सम्मानित गरीएको थियो ।

त्यस्तै संस्थाले सहायक स्तरका कर्मचारीहरुको लघुवित्त व्यवस्थापन तालिम २०७८ मंसिर १० र ११ गते र भर्खरै संस्थामा आबद्ध भएका नयाँ सहायक स्तरका करार, तालिमे, प्रशिक्षार्थी, परीक्षणकालमा रहेका कर्मचारीहरुको समेत २०७८ मंसिर १७ र १८ गते ईटहरी स्थित ओशियन पार्क रिसोर्ट प्रा.लि. मा सम्पन्न गरेको छ ।

लघुवित्त व्यवस्थापन तालिममा कर्मचारीहरुलाई नयाँ सदस्य बनाउने, कर्जा लगानी गर्ने, कर्जाको भाखा नाघ्न नदिने तथा भाखा नाघेको कर्जा कसरी असुली गर्ने, सदस्यहरुलाई तथा संस्था रहेको कार्यक्षेत्रमा वित्तीय साक्षरताका कार्यक्रमहरु मार्फत साक्षर कसरी बनाउने आदी विषयहरुमा प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुखहरु साथै विभागका कर्मचारीहरुबाट प्रशिक्षण तथा सहजीकरण गरेका थिए ।

वित्तीय संस्थामा आवद्ध सहायक स्तरका कर्मचारीहरु मध्ये सदस्य वृद्धिमा लक्ष्य भन्दा बढी प्रगति हासिल गर्ने शाखा कार्यालयहरुलाई सम्मान गरीएको थियो । लघुवित्त व्यवस्थापन तालिममा रिलाईबल नेपाल लाईफ ईन्सुरेन्स कम्पनिका तर्फबाट समेत प्रतिनिधि सहभागि भई कर्जाको विमाका बारेमा सहजीकरण गरेका थिए ।

हालको परिस्थीतिमा कोरोना भाईरसले व्यवसायमा पारेको असर कम भई नसकेको, तरलता अभाव भईरहेको आदी कारणले पनि कर्जा तथा व्यवसायमा पारेको असर कम गर्नका लागि कर्मचारीहरुलाई तालिम तथा प्रशिक्षण दिनु अनिवार्य रहेको प्रमुख कार्यकारी अधिकृत कुलमणी तिम्सीनाले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्