ज्योति विकास बैकले सुरु गर्यो प्रिपेड डलर कार्ड
काठमाडौँ । ज्योति विकास बैङ्कले विभिन्न विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । बैङ्कका ग्राहकहरूले प्रिपेड डलर कार्ड अनलाइनबाटै Apply गरी १ दिन भित्र Virtual Dollar Card प्राप्त गर्न सक्नेछन् ।
बैङ्कले मंसिर १९ गते देखि डिजिटल बैंकिंग सेवालाई लाई थप प्रवर्द्धन गर्दै अनलाईमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनको लागि अमेरिकी डलरमा आधारित प्रिपेड डलर कार्ड सेवा सुचारु गरेको हो ।
प्रिपेड डलर कार्ड सेवा सुरु भए सँगै बैङ्कका ग्राहकहरूले स्वदेशमै रहेर पनि अन्तर्राष्ट्रिय ई–कमर्स प्लेटफर्म मार्फत सुरक्षित ढङ्गले किनमेल गरी रकम भुक्तानी गर्न सक्नेछन् । VISA NETWORK मा आधारित यस कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाइन किनमेल गरी भुक्तानी गर्न सक्नेछन्। डलर कार्ड प्राप्त गर्नका लागि KYC विवरण updateगरिएको बैङ्क खातासँगै प्यान कार्ड हुनुपर्नेछ ।
बैङ्कले कार्ड जारी गर्दा कार्ड शुल्क बापत निश्चित रकम लिनेछ र पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्था समेत गरेको छ।यो सुविधा बैङ्कका देश भरिका १०५ वटै शाखा कार्यालयहरू बाट र आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैङ्कको वेबसाइट मार्फत अनलाइनबाटै पनि आवेदन दिई प्राप्त गर्न सकिनेछ । साथै बैङ्कले डिजिटल बैंकिंग सेवालाई प्रवर्द्धन गर्दै हालसालै ओम्नी च्यानल अवधारणामा आधारित मोबाइल बैंकिङ्ग एप सुचारु गरेको बैङ्कले जनाएको छ ।
ज्योति विकास बैङ्कले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ।












