२२ कार्तिक २०८३, आइतबार

नेपाल बैंकको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । नेपाल बैंक लिमिटेडको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (मंसिर २० गते, सोमबार) सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल बैंकको मंसिर ९ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले ६२ औँ वार्षिक साधारण सभा पौष २ गते शुक्रबारका दिन बोलाएको छ । बैंकको साधारण सभा केन्द्रिय कार्यालय, धर्मपथ, काठमाडौँमा बिहान ११ः३० बजेदेखि भर्चुअल माध्यामबाट सुरू हुनेछ ।

बैंकको सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।