सुनको मूल्यमा सामान्य गिरावट - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सुनको मूल्यमा सामान्य गिरावट



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ ।

त्यस्तै चाँदीको मूल्यमा पनि आज सामान्य गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्