एनआईबिएल एस क्यापिटलको च्याटबोट सेवा सुरु
काठमाडौं । एनआईबिएल एस क्यापिटलले चयाटबोट सेवा सुरु गरेको छ । ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गर्दै च्याटबोट सेवा सञ्चालन गरेको हो ।समय अनुसार प्रविधिमा आएको परिवर्तन एवं ग्राहकवर्गहरुको आवश्यकतालाई ध्यानमा राखी च्याटबोट सेवा ल्याइएको क्यापिटलले बताएको छ ।
च्याटबोट सेवा बाट ग्राहकहरुले कम्पनीको सेवाहरुको बारेमा सजिलै सँग जानकारी लिन सक्नुका साथै भौतिक उपस्थिति बिना नै सेवा लिन सहज हुने एनआईबिएल एस क्यापिटलले जनाएको छ ।
परिस्कृत सेवा सुबिधा प्रदान गर्न तथा प्रविधिमैत्री बनाउनका लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स समेतको प्रयोगले ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा दिन सक्ने किसिमले च्याटबोटको विकास गरिएको क्यापिटलले जनाएको छ ।
थप जानकारीको लागिको लागि प्रमुख शाखाको टेलिफोन नम्बर ०१४४२५२८० मन सम्पर्क गरेर बुझन सकिने क्यापीटलले जानकारी दिएको छ ।













