सुनको मुल्य तोलामा ५ सयले बढ्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सुनको मुल्य तोलामा ५ सयले बढ्यो



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो । मंगलबार भने सुनको मूल्य तोलामा दुई सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ ।

त्यस्तै चाँदीको मूल्यमा पनि आ बढेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्