२२ कार्तिक २०८३, आइतबार

अनुगमन कार्यालयले ६ वटा निमार्ण व्यावसायीहरु कालोसूचीमा राख्यो



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण व्यवसायीहरुलाई कालोसूचीमा राखेको छ ।

कालो सूचिमा पर्ने एलिट कन्स्ट्रक्सन, निलगिरी निर्माण सेवा, च्याङ्ग्रासी निर्माण सेवा, एसएनसी निर्माण सेवा, एसएमएस कन्सट्रक्सन र त्रिदेव निर्माण सेवालाई कालोसूचीमा राखेको हो ।

निलगिरीलाई ३ वर्ष, एलिट र च्याङ्ग्रासीलाई २/२ वर्ष तथा अन्यलाई एक वर्षसम्म कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था रहेको छ ।