नाडाको नयाँ नेतृत्वको लागि मतदान जारी, १६ सय भन्दा बढी भोट खस्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नाडाको नयाँ नेतृत्वको लागि मतदान जारी, १६ सय भन्दा बढी भोट खस्यो



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको निर्वाचनमा १६ सय भन्दा बढी भोट मतदान भईसकेको छ । १६ सय भन्दा बढी भोट मतदान भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका कार्यसमिति सदस्य इ.शुभाशिष थपलियाले जानकारी दिए ।

उक्त निर्वाचनको मतदान ३ बजेसम्म हुने छ, त्यसको मतगणना ५ बजेबाट सुरु गर्ने निर्वाचन तालिकामा उल्लेख गरेको छ । सो नेतृत्वका लागि करण चौधरी र ध्रुब थापाले उम्मेदवारी दिएका छन् । यो पटक प्यानलनै बनाएर चौधरी र थापा समूह चुनाबी मैदानमा उत्रेका छन् ।

कसले कसलाई गरेका छन् समर्थन

चौधरीसँग महिन्द्रा गाडीको अधिकृत बिक्रेता अग्नि इन्कर्पोरेटेड, सिप्रदी ट्रेडिङ, हिरोको अधिकृत बिक्रेता नेपाल जेनरल मार्केटिङ, आइएमई मोटर्स, मोरङ अटो वर्क्स लगायतका ठूला व्यवसायीको समर्थन रहेको छ । चौधरीको प्यानलबाट नेपाल जेनरल मार्केटिङका अभिक ज्योति, एमएडब्लुका मिलनबाबु मल्ल, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, आइएमई मोटर्सबाट निशान ढकाल, अग्नि इन्कर्पोरेटेडबाट बरदान बस्नेत उम्मेद्वार छन् । नाडामा यो समूहको राम्रै भोट छ ।

थापा समूहसँग ठूला गाडीका अधिकृत बिक्रेता लक्ष्मी हुण्डाई, गो फोर्ड, शंकर समूहको जगदम्बा मोटर्सको समर्थन छ । थापाको प्यानलबाट लक्ष्मी हुण्डाईका कार्यकारी निर्देशक निराकार श्रेष्ठ, जगदम्बा मोटर्सका महाप्रवन्धक दीपक अग्रवाल र गो फोर्डका प्रवन्ध निर्देशक आकाश गोल्छाले उम्मेद्वारी दिएका छन् ।

मुलुक संघीय संरचनामा गएपछि नाडाको सदस्य संख्या पनि विस्तार भएको छ । यो पटक २२ सय नयाँ सदस्य नाडामा थपिएका छन् ।


प्रतिक्रिया दिनुहोस्