सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउ
काठमाडौं । सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउ परेकि छन् । आफ्नै सासु ६० वर्षीया जगतारन देवीको हत्या गरेको अभियोगमा मटीहानी नगरपालिका–७ बस्ने ३५ वर्षीया तेत्री देवी खत्वेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ
।
जगतारन र तेत्रीबीच घरायसी विवादको कारण झै–झगडा हुँदा तेत्रीले कुटपिट गर्दाजगतारनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरीचौकी मटीहानीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न तेत्रीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रशरीले जनाएको छ ।












