कसमस कलेजका विद्यार्थीद्वारा गोर्खा इको प्यानलको अवलोकन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कसमस कलेजका विद्यार्थीद्वारा गोर्खा इको प्यानलको अवलोकन



काठमाडौं । कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी चापागाउँं रोड ललितपुर नेपालका विद्यार्थीले बिहीबार भक्तपुरस्थित गोर्खा इको प्यानलको अवलोकन भ्रमण गरेका छन् । स्नातक तह आर्किटेक्चर पहिलो वर्ष पहिलो सेमेष्टरका ४८ जना विद्यार्थीले भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ हनुमानचास्थित कारखानामा पुगेरका इको प्यानलको विविध विषयमा जानकारी लिएका हुन् । नयाँं निर्माण सामाग्रीको रुपमा रहेको इको प्यानलकाबारेमा विद्यार्थीले अभिरुचिपूर्वक अवलोकन भ्रमण गरेका थिए ।

भ्रमणमा आएका विद्यार्थीलाई गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवां, प्रोजेक्ट म्यानेजर इन्जिनिर कृष्णसुन्दर कुम्पाखलगायतले विविध जानकारी दिलाएका थिए ।

विद्यार्थीलाई स्वागत गर्दै सीईओ कवांले गोर्खा इको प्यानल नेपालमै पहिलापल्ट उत्पादित इको प्यानल रहेको जानकारी गराए । हलुका, भूकम्पप्रतिरोधी, ध्वनि प्रतिरोधी, अग्नी प्रतिरोधीलगायतका विशेषताका कारण गोर्खा इको प्यानलको माग देशभरि रहेको उनले जनाए । यसकारण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै डिलरहरुमार्फत् गोर्खा इको प्यानलको विक्रीवितरण भइरहेको जानकारी सीईओ कवांले दिए ।

गोर्खा इको प्यानलबाट तीव्र निर्माण सम्भब हुन्छ । यही कारण पनि यसको माग वढी भएको कम्पनीका प्रोजेक्ट म्यानेजर कुम्पाखले विद्यार्थीलाई जानकारी गराए । निर्माणस्थलमा लगेर जडान मात्रै गरे पुग्ने भएकोले यसले तीव्र निर्माण सम्भब हुने गरेको उनले बताए । यही कारण भूकम्पपछि यसको माग अझ वढी तीव्र रुपमा वढेको र यही निर्माण सामाग्रीकै कारण भूकम्पपछिको तीब्र पुननिर्माणमा सहयोग पुगेको उनले सुनाए । हलुका हुनाका कारण विकट जिल्लाहरुमा यसको आपूर्ति सहज भई त्यस्ता ठाउँंहरुमा पनि त्यसको विक्रीवितरण अत्याधिक रहेको उनले जनाए ।

विद्यार्थीले कारखानामा लगेर इको प्यानल कसरी जडान गर्ने ? यसको उत्पादन कसी हुन्छ? लगायतका विषयमा प्रत्यक्ष जानकारी पाएका थिए । साथै गोर्खा इको प्यानल अग्नि प्रतिरोधीसमेत भएको भन्दै इको प्यानलमा पेट्रोल छर्केर बाल्दा पनि नबलेको देखाइएको थियो ।

अवलोकनमा विद्यार्थीसहित कलेजका आर्किटेक्ट विभागका शिक्षकहरु विनयराजन श्रेष्ठ, कैलाश सुवाल र रुचि बज्राचार्य सहभागी भएका थिए । गोर्खा इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग गरिने नयाँं निर्माण सामाग्री हो ।


प्रतिक्रिया दिनुहोस्