राष्ट्र बैंकमा कर्मचारी आवश्यकताः विभिन्न पदमा ८३ जना माग, प्लस टू उत्तिर्णले आवेदन दिन पाउने
काठमाडौं । नेपाल राष्ट्र बैकले विभिन्न पदका लागि कर्मचारी मागेको छ । राष्ट्र बैंकले सहायक तहदेखि अधिकृतस्तरसम्म गरी ८३ जना कर्मचारीका लागि विज्ञापन आह्वान गरेको हो । राष्ट्र बैंकको जनशक्ति व्यवस्था विभागले प्रशासन र प्राविधिक सेवाका विभिन्न पदमा खुला र समावेशी समूहमा कर्मचारी मागेको हो ।
बैंकले सहायक निर्देशक तथा अधिकृत तृतीय तहमा ४५ जना, सहायक निर्देशक अधिकृत तृतीय लेखाका लागि ६ जना, बाणिज्य कानुनमा सहायक निर्देशक २ जना, सहायक निर्देशक सूचना प्रविधिमा ५ जना, सहायक तह प्रशासनमा २५ जना कमृचारी मागेको हो ।
निर्देशक तथा अधिकृत तृतीय तहका लागि स्नातकोत्तर, प्रशासन, प्रविधिका लागि बिषयगत अध्ययन, अर्थशास्त्र, ब्यवस्थापन, जनप्रशासन, कानुन पढेको तथा सहायक कर्मचारीलाई प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले पौष १५ गतेसम्म तथा दोब्बर दस्तुरमा पौष २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।














