त्रिबिले मनायो भ्रस्टाचार विरुद्धको दिबस - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

त्रिबिले मनायो भ्रस्टाचार विरुद्धको दिबस



काठमाण्डौ । भ्रष्टाचार निवारणमा साझा प्रतिबद्धता आवस्यकता र चुनौती, विषायक गोष्ठी आयोजना गरि काठमाडौं किर्तिपुरमा अवस्थित त्रिभुवन विश्वविद्यालयको हलमा अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाएको छ । त्रिभुवन विश्वविद्यालयको ‘सुशासन एवं भ्रष्टाचार निवारण’ संकायका स्नातकोत्तर तहका विद्यार्थीको संयोजकत्वमा आयोजना भएको कार्यक्रममा सहभागिअतिथीहरुले भ्रस्टाचार निवारणमा साझा प्रतिबद्धता लेखिएको ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको शुरुवात गरिएको हो ।

प्रा.डा.शिबराज अधिकारीले भ्रष्टाचार निवारण विषयमा प्रशिक्षण दिएका थिए । नेपाल सरकारका पुर्व सुचना आयुक्त कृष्णहरी बास्कोटा, उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष कुशकुमार जोशी, भ्रष्टाचार निवारण अभियानका संस्थापक भरत जंघम, लगायतले भ्रष्टाचार निवारणको विषयमा मन्तव्य दिएका थिए ।

सम्पुर्ण वक्ताहरूले नेपालमा भ्रष्टाचार बढ्दै गएको र हरेक तहमा बलियो कानुन बनाएर सदाचारलाई प्रोत्साहन गरि भ्रष्टाचारलाई दुरुत्साहन गर्नुपर्ने कुरामा जोड दिएका थिए। ट्रान्सप्यारेन्सी इन्टरनेसनलका अनुसार नेपाल भ्रष्टाचारि मुलुकमा ११७ औँ स्थानमा रहेको छ।

उक्त कार्यक्रमको अध्यक्षता त्रिभुवन विश्वविद्यालयको सुशासन एवं भ्रष्टाचार निवारण बिभाग प्रमुख प्राध्यापक योगेश रंजितले गरे । आयोजकको तर्फबाट स्वागत मन्तव्य हरी बहादुर खत्रीले दिएका थिए , त्यसैगरी उपस्थितहरुलाई धन्यवाद मन्तव्य सिर्जना अधिकारीले दिनुभएको थियो। उक्त समारोहको उद्घोषण बिशाल गैरेले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्