नेप्से ओरालो यात्रामा, ८८ अंक्ले घटेर परिसूचक २३६१ अंकमा आइपुग्यो
काठमाडौँ । नेप्से निरन्तर रूपमा ओरालो लागिरहेको छ । साताको पहिलो दिन आज आइतबार पनि बजार ८८ अङ्कले घटेको छ । यस दिन बजार घटेर सबै समूह राताम्मे भएको हो । आज बिहान २४४६.१० अंकमा खुलेको बजार दिनभर ८५ अङ्कले ओरालो लागेर २३६१ अंकमा आइपुगेर बजार बन्द भएको छ । नेप्से सँगै कारोबार रकम पनि ओरालो लागेको छ ।
आज दिनभर २ सय २८ कम्पनीको ७ करोड ४६ लाख ८ सय ७४ कित्ता शेयर ५१ हजार ८ सय ४४ पटक किनबेच हुँदा ३ अर्ब ३८ करोड २५ लाख ९ हजार ५ सय २० रुपैयाँको शेयर कारोबार भएको छ । यस दिन सबै समूहहरू घटेर राताम्मे भएको छ । युनिभर्सल नेपाल, नारायणी विकास बैङ्क, मञ्जुश्री फाइनान्स लगायत कम्प निका लगानीकर्ताले कमाएका छन् । भने अन्य सबै कम्प निका लगानीकर्ताले गुमाएका हुन ।
पुसमा ब्याजदर नबढ्ने सहमति भए पनि शेयर बजार घटेको हो । तरल सङ्कट तथा शेयर धितो कर्जामा ४/१२ को सीमा कायमै रहेकाले बजार ओरालो यात्रामा लागेको लगानीकर्ताहरू बताउँछन् ।














